नेपाल इन्जिनियर्स एसोसिएसनको ३१ औँ चुनाव आज read more news
9:20 PM
Loading...
काठमाडौं, ३१ भदौ - नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव शुक्रबारदेखि काठमाडौँमा हुन लागेको छ।
देशभरका इन्जिनियरको छाता सङ्गठनका रुपमा रहेको एसोसिएसनको ३१ औँ चुनावमा १२ हजार १३५ मतदाता छन्। एसोसिएसनमा करिब २० हजार इन्जिनियर्स दर्ता छन्।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा १० केन्द्रीय सदस्यका लागि हुने चुनावमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक, नेकपा (एमाले) निकट प्रगतिशील पेसागत, नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय इन्जिनियरिङ समूह र नेमकिपा निकट इन्जिनियरिङ समाज नेपाल आआफ्ना समूह बनाएर निर्वाचनमा होमिँदैछन् भने कुनै पनि राजनीतिक दलसँग आबद्ध नभई स्वतन्त्र रुपमा युनाइटेड इन्जिनियर्स समूह पनि चुनावमा लड्दैछ।
चुनावलाई निष्पक्ष बनाउन विद्युतीय माध्यमबाट चुनाव गराउनुपर्ने माग सो समूहले गरेको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युनाइटेड इन्जिनियर्स समूहका अध्यक्षका उम्मेदवार डा लक्ष्मीप्रसाद देवकोटाले प्रविधिको विकाससँगै विद्युतीय माध्यमबाट निर्वाचन गरिए धाँधलीरहित तथा निष्पक्ष हुने बताए।
0 comments