Loading...

घाइते एकसिङ्गे गैँडाको ज्यानबाट छर्रा निकालियो read more news

8:44 PM

Loading...
चितवन, २१ भदौ - तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सोमबार मुख्य कार्यालय कसरामा भएको पत्रकार भेटघाटका क्रममा यस्तो जानकारी दिएको हो ।

“गोलीका छर्रा निकालिएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भन्नुभयो, “गोली निकाल्न सकिने अवस्था भने छैन ।” चिकित्सकका अनुसार पनि गोली संवेदनशील क्षेत्रमा नभएकाले गैँडा बाँच्ने सम्भावना बढेको कँडेलले जानकारी दिनुभयो ।

यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करको गोली लागेर १५ वर्षको भाले गैँडा घाइते भएको थियो । तत्कालै चितवन निकुञ्जले उद्धार गरेर गैँडालाई सौराहा नजिकै जङ्गलमा ल्याएर छाडेको थियो ।

चितवन निकुञ्जले भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएको गैँडाले बिचरण र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ । अहिले सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएका छन् ।

चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाइएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको उच्च उपचार पद्धति प्रयोग गरेर उपचार भइरहेको छ । मुन्टो उठाउनसमेत नसकेको गैँडाले अहिले राम्ररी घाँससमेत खान थालेकाले बाँच्ने आशा पलाएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका रेन्जर लक्ष्मण रायले गम्भीर अवस्थामा उद्धार गरिएको गैँडाको अहिले अवस्था सुधार हुँदा खुसी लागेको बताउनुभयो । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गैँडाको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिनुभयो । रासस -

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71