लिंकटेन्सटाइनलाई ८ गोलले हराउँदै स्पेनको विश्व कप २०१८ छनौट अभियान सुरु news
8:55 PM
Loading...
काठमाडौँ, २१ भदौ – स्पेनले शानदार जितका साथ विश्व कप २०१८ को छनौट अभियान सुरु गरेको छ। समूह जीमा रहेको स्पेनले सोमबार राति भएको खेलमा लिंकटेन्सटाइनलाई ८–० ले हराएको हो।
यो खेलमा पहिलो हाफमा १ गोल गरेको स्पेनले दोस्रो हाफमा लिंकटेन्सटाइनको पोस्टमा थप सात गोल गर्यो । स्पेनका लागि डेविड सिल्भाले ह्याट्रिक गरे भने डिएगो कोस्टा र अल्भारो मोराटाले दुई दुई तथा सेर्गी रोबर्टो र विटोलोले एक एक गोल गरे।
१० औं मिनेटमा कोस्टाले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५५ औं मिनेटमा रोबर्टो, ५९ औं मिनेटमा सिल्भा तथा ६० औं मिनेटमा विटोलोले गोल गरेपछि स्पेनको अग्रता ४–० मा पुग्यो । ६६ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे।
0 comments