MANTRĪLĒ PASINĀ BAGĀ'Ē, YASARĪ PHĒRIYŌ RAṄGAŚĀLĀ (PHŌṬŌPHICARA) read more news
11:00 PM
Loading...
काठमाडौं, भदौ ३१ – देशकै एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको बेहाल भएको खबरबाट गम्भीर भएका युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली शुक्रबार बिहानै दलबलसहित दशरथ रंगशाला पुग्नुभयो । रंगशालाको बेहाल सम्बन्धी खबर सोमबारनै उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाईनमा प्रकाशन र प्रशारण भएपछि मन्त्री श्रीपालीले मंगलबार राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशनपछि रंगशालाको प्याराफिटमा ३ मिटरसम्म अग्ला भैसकेका केही झार बुधबारनै उखेलिएको थियो । तर शुक्रबार बिहान मन्त्रीनै रंगशालाको सफाइमा कस्सिएपछि रंगशालाले एकैछिनमा मुहार फेर्यो । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नै हँसिया समातेर झाडी फाँड्नुभयो । धुलोमैलो र काँडाको पर्वाह नगरी मन्त्रीले झण्डै २ घण्टा रंगशालामा पसिना बगाउनुभयो । झाडी फाँड्ने र प्याराफिटका ईट्टा पन्छाउने मात्र होइन मन्त्रीले डुङडुङ गन्हाउने शौचालयमा पनि कुचो लगाउनुभयो । मन्त्री कुचो लगाउँदा कुहिरो जत्तिकै धुलो उड्यो अरु सबैजना धुलोबाट भागेपनि मन्त्री श्रीपालीले भने शौचालय सफा गरेरै छाड्नुभयो । नेकपा माओवादी केन्द्रका विभिन्न भातृ संगठन, विभिन्न खेलकुद संघहरु, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउटलगायतका संस्थाका सयौं स्वयंसेवकले हातमा झाडु, हँसिया, कोदालो, सावेल जस्ता साधन लिएर रंगशाला सफाइ गरेपछि एकैछिनमा रंगशालाको मुहार फेरिएको छ । प्याराफिटको झार पुरै सफा गरिएको छ । ढुंगामाटो र इट्टा पनि पन्छाइएको छ ।योे पनि पढ्नुहोस्
0 comments