Loading...

भारतबाट पेट्रोलियम पदार्थ भित्र्याउन पाइपलाइन योजनाले लियो गति

11:52 AM

Loading...
काठमाडौँ, ६ असोज - रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजनाले गति लिएको छ। 


भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने उक्त परियोजनाको विस्तृत अध्ययन सम्पन्न भएपछि अब पाइपलाइन निर्माण हुनेमा नेपाली अधिकारी ढुक्क देखिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपाल भ्रमणका बेला पाइपलाइन बनाइदिने प्रतिबद्धता गरेपछि अघिल्लो भदौमा निर्माण सम्झौता भएको थियो। संविधान जारी भएपछि मधेसको विषयलाई लिएर भारतको नाकाबन्दीपछि परियोजना करिब एक वर्ष अन्योलमा परेको थियो।

नाकाबन्दी खुलेपछि साउनमा दुई देशका अधिकारीबीच छलफल भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले विस्तृत अध्ययन सकेर निर्माण चरणमा जुट्न लागेका हुन्। पाइपलाइनको विस्तृत सर्भे सम्पन्न भएकाले अब परियोजना निर्माण सुरु हुने निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

आइओसीका इन्जिनियरसहितको टोलीले विस्तृत प्रतिवेदन तयार गरेका छन्, भट्टराईले भने, अब पाइपलाइन निर्माण चरणमा प्रवेश गर्नेमा ढुक्क छौं।

आगामी डिसेम्बरबाट निर्माण सुरु गर्ने तयारी भइरहेको निगमले जनाएको छ। पाइपलाइन बिछ्याउने आसपासका रुख, बिजुलीका पोल, तारसहित संरचना क्लियर गर्न आइओसीले भनेको छ, उनले भने, हामीले जतिसक्यो छिटो खाली जमिन उपलब्ध गरायौं। त्यति छिटो उनीहरु काम गर्न तयार छन्।

विस्तृत सर्वेक्षण सकिएपछि पाइपलाइन परियोजनालगायतको विषयमा आईओसीका अधिकारीसँग छलफल गर्न निगमका कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्व टोली सोमबार भारत गएको छ। सन् २०१२ मा दुई देशका अधिकारीबीच भएको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता आगामी मार्च २०१७ मा सकिँदै छ। सो सम्झौता नवीकरणको तयारीसहित पाइपलाइनका विषयमा छलफल हुने टोलीमा सहभागी निगम प्रवक्ता भानुभक्त खनालले बताए। आजको नागरिक दैनिकमा खबर छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71