Loading...

’र’को प्रमुखलाई भेट्न होइन, उपचार गर्न गएको हुँ: ओली -

9:40 PM

Loading...
काठमाडौं, २० भदौ - थाइल्याण्डमा उपचार गर्न गएका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सोमबार दिउसो स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफु विशुद्ध उपचारको लागि जाँदा पनि कतिपयले स्वार्थबाट प्रेरित भएर भारतीय खुफिया एजेन्सी ‘र’ को प्रमुखलाई भेट गएको भन्दै हल्ला पिटाएको बताएका छन् । ‘म कुनै ‘र’को प्रमुखलाई भेट्न थाइल्याण्ड गएको होइन उपचारको लागि गएको हुँ’, अध्यक्ष ओलीले भने, ‘बुमरुमगार अस्पतालमा स्वास्थ्य परिक्षण गराएँ । उपचारको क्रममा चिकित्सकले स्वास्थ्य अवस्था राम्रो हुँदै गएको प्रतिबेदन दिनुभएको छ ।’

कुराकानीको क्रममा अध्यक्ष ओलीले कसैको स्वार्थ, अर्गेल्याइ, दबाव, बहकाउ र जिद्दिको आधारमा संविधान संशोधन हुन नसक्ने बताए । ‘संविधान असंशोधनिय होइन । यो गतिशिल छ । तर, सन्तुलन र औचित्यको आधारमा मात्र यो संशोधन हुन्छ’, उनले भने, ‘देशको अहित हुने र लोकतन्त्रलाई अप्ठ्यारो पर्ने गरि संविधान संशोधन हुँदैन ।’ उनले देशको अवश्यकता, अग्रगमन र प्रतिष्ठालाई माथि उठाउँनको लागि मात्र संविधान संशोधन हुँने धारणा राखे ।

संविधान संशोधनबारे आफुहरुलाई केही जानकारी नभएको पनि अध्यक्ष ओलीले बताए । उनले भने, ‘जसले संशोधनको माग राखिराखेका छन्, उनीहरुले हामीलाई केही भनेका छैनन् र सरकारले पनि यो बुँदामा यसरी संशोधन हुनुप-यो भनेर हामीलाई भनेको छैन । जतिबेला विषय आउँछ त्यतिबेला मात्र आफ्नो धारणा राख्छौँ ।’ स्रोत: नयाँ पत्रिका -

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71