Loading...

हङकङबाट एक नेपालीको नेताहरुलाई प्रश्न,युवाहरुलाई विदेश जान बाध्य बनाएर नेपालमा कति दिन फोहोरी राजनीति गर्छौ ?

5:40 AM

Loading...
13600214_1072042392873735_2530268056931856977_n
मेरो नाम अर्जुन थोकर तामाङ,घर नुवाकोट,आरुखर्क । म एक साधारण नेपाली,अरु आम नेपाली झै देशको मायालाई छातीमा राखेर हिड्ने मान्छे । परिस्थिति र विवशताले रोजगारी खोज्दै म मेरो प्राण भन्दा प्यारो देश नेपाल छोड्न विवश भएको एक नेपाली ।
मेरो बुझाईमा बर्तमान केपि ओलि सरकार को काम गर्ने शैली इतिहासकै सफल मान्नु पर्छ। उनको सरकार ले गरेका काम बाट जहाँसम्म लाग्छ सबै नेपालीमा खुशी छाएकै थियो। मतलब, ओलि सरकारले नेपाली जनता माझ खुशी को बाटो ल्याएकै थियो र ल्याउने क्रममा थियो । देशमा राम्रो काम गर्दै गरेको सरकार परिवर्तन गर्नु के जरुरत छ ? के नेपालमा राम्रो काम गर्नेले सधै यस्तै अबस्था बेहोर्नु पर्ने हो ? नेपाली आम जनमानसले चाहेको सरकार किन परिवर्तन हुदैछ ?
काम गर्न खोज्ने सरकार किन फेर्नु पर्ने र ? किन सधै सत्ताको लडार्इ हुन्छ यहाँ र ? यस्तो फोहोरी खेल हामी आम नेपाली जनताले कहिले सम्म रमिते बनेर हेर्ने ? राम्रो काम गर्ने सरकारको मद्दत गर्नुको सट्टामा उही सरकार ढालेर के प्रमानित गर्न चाहेको हो ? प्रमुख प्रतिपक्षी दल भनौदा माननीयज्यु हरुको सत्तामोहले गर्दा आज देशले फेरि ठुलो घात को सामना गर्नुपर्ने अवस्था आएको छ। अलिकती पनि देश र जनता को हित नचाहने यास्त माननीय भनिनेहरु प्रती अबको दिनमा हामी आम नेपाली जनमानसको साथ कस्तो रहला खै ?
यो सरकार परिवर्तन हुने कुरा सुन्दा जति मेरो मन दुखेको छ , त्यतिनै तपाईं आम जनता हरु जो देशको बारेमा सकारात्मक परिवर्तनको आशामा, सुनौलो दिन हरुको पर्खाइमा रहनु भएका तपाइहरु पनि त्यत्तिकै दुखित हुनुभएकै होला ।परिवर्तनको सोच र देशको माटोलाई चिन्नु भएका मेरा आदरणीय नेपाली दाजुभाई तथा दिदिबाहिनी आमा बुवा हरु अबका दिनहरुमा पनि पहिलेझै देश दलदलको भुमरीमा फसेको टुलुटुलु हेर्नुको विकल्प रहेन।
यो लेख लेख्दै गर्दा कोहि महानुभाबहरुलाई भ्रम नहोस कि म कुनै पनि पार्टी को कार्यकर्ता को रुपमा नभई एक सच्चा देश भत्त नेपालीको रूपमा लेखेको छु । जय मेरो देश

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71