एयरफोन लगाएर ट्रेनको लिक हुँदै बाटो काटिरहेका एक युवकको दुर्घटनामा परि मृत्यु भएको छ।
5:21 AM
Loading...
भदौ ३०, भारतको हरियाणा राज्यको फरिदाबादमा कानमा एयरफोन लगाएर ट्रेनको लिक हुँदै बाटो काटिरहेका एक युवकको दुर्घटनामा परि मृत्यु भएको छ।
सुमित कुमार नाम गरेका युवक कानमा एयरफोन लगाएर न्यु टाउन रेल्वे स्टेशनबाट बाटो काट्दै थिए। त्यतिबेलै मुम्बई–राजधानी ट्रेनले उनलाई हिर्काएको थियो।
२३ वर्षिय सुमित स्थानीय एक कम्पनीमा काम गर्थे। उनी ११ सेप्टेम्बरमा फरिदाबादको ननगला एन्क्लेव नजिकै चाचा चौकमा बस्ने आफ्नो बहिनीलाई भेटेर फर्किदै थिए। बुधबार बिहान उनी भिवानी जानका लागि बहिनीको घरबाट निस्किएका थिए।
उनलाई न्यु टाउन रेल्वे स्टेशनबाट दिल्लीतर्फ जाने ट्रेन समात्नु थियो। यसका लागि टिकट काट्न उनी रेल्वेको लिकबाट बाटो काट्दै थिए। त्यतिबैले पलवलबाट दिल्लीतर्फ जान लागेको मुम्बई–राजधानी ट्रेनले उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ। एजेन्सी
0 comments