Loading...

अन्तिम पाँच मिनेटमा रियल मड्रिडको दुई गोल, मड्रिडसँग लिस्बन पराजित

8:50 PM

Loading...
एजेन्सी, ३० भदौ - च्याम्पियन्स लिगमा बुधबार राति भएको खेलमा रियल मड्रिडलाई जित निकाल्न खेलको अतिरिक्त समय कुर्नुपर्‍यो। 


अन्तिमको पाँच मिनेटमा दुईगोल गर्दै रियल मड्रिडले स्पोर्टिङ लिस्बनलाई हरायो। १– १ को बराबरीमा रहेको खेल सकिन २ मिनेट बाँकी रहँदा अल्बारो मोराटाले गोल गर्दै रियल मड्रिडलाई जिताएका थिए। स्पोर्टिङ लिस्बन क्लबले खेलमाा अग्रता लिएको थियो। लिस्बनका ब्रुनो सेसरले ४७ मिनेटमा गोल गर्दै लिस्बनलाई अग्रता दिलाएका थिए। लिस्बनको अग्रतालाई बराबरीमा ल्याउन रियल मड्रिडलाई ८९ औं मिनेटसम्म कुर्नु पर्‍यो । रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २५ यार्ड टाढाबाट फ्रि किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यो सिजनमा मात्रै पोर्चुगलका लागि रोनाल्डोले ४३ वटा फ्रि किक प्रहार गरिसकेका छन्।

च्याम्पियनस लिगमा रोनाल्डोको यो ९४ औं गोल हो। दुई वर्षपछि युभन्टसबाट रियल मड्रिड फर्किएका अल्बारो मोराटाले खेलको अतिरिक्त समय ९४ औं मिनेटमा गोल गर्दै रियललाई जिातएका थिए । ६० प्रतिशत बल पोजिशन आफूमा राखेको रियल मड्रिडले १५ वटा सर्ट प्रहार गरेको थियो।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71