पर्सामा तनाव : भागेका भारतीय तस्करहरु ठूलो संख्यामा आए, सशस्त्र प्रहरीलाई नै फिर्ता गरियो -
6:21 AM
Loading...
वीरगन्ज, २९ भदौ - पर्साको पिडारी गुुठी गाविसको ओरियाखोलामा बुधबार सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ । झडपमा भारतीय तस्करहरुको आक्रमणमा परी दुईजना घाइते भएका छन् । भारतीहरुको ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार राजकुमार माझी र पिडारी गुठीका प्रभु चौधरी घाइते भएका हुन्।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि भागेका तस्करहरु दिउँसो ३ बजेपछि भने ठूलो संख्यामा खोलामा आएको जनाइएको छ । भारतीय तस्करहरुको संख्या बढेपछि नेपाली सुरक्षाकर्मीहरु पछि हटेका छन्।
स्थिति अनियन्त्रित हुने देखिएपछि त्यस स्थानबाट सशस्त्र प्रहरीलाई फिर्ता गरिएको र पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय समकक्षीसँग संवादको प्रयास गरेको बताइएको छ। इमेज खबरबाट
0 comments