Loading...

प्रहरीले काठमाडौंको गौशालाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

4:34 AM

Loading...
काठमाडौं, असोज २ – प्रहरीले काठमाडौंको गौशालाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयुक्त रुपमा जारी गरेको प्रेस वक्तव्य राष्ट्र हित विपरित भएको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई पक्राउ गरेको हो ।

भारत भ्रमण सकेर आइतबार स्वदेश फर्कन लाग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले कालो झण्डा देखाउने तयारी गरेका थिए ।

पक्राउ पर्नेमा प्रकाश अधिकारी, विजय बस्नेत, एलबी बुढाथोकी, राकेश कार्की, बिमल खड्का, राजकुमार बस्नेत, शेरबहादुर गुरुङ, बद्री गुरुङ र ईश्वर बुढाथोकी रहेका छन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71