यसकारण महत्वपूर्ण खेलअघि खेलाडीलाई सेक्स गर्न दिइदैन
5:03 AM
Loading...
एजेन्सी। विश्वभरमा नै खेलकुदको महत्वपूर्ण प्रतियोगिताअघि खेलाडीलाई श्रीमती वा गर्लफ्रेण्डसँग यात्रा गर्ने विषयमा बहस हुने गरेको छ । कतिपय प्रतियोगिताअघि खेलाडीलाई सेक्सदेखि टाढै राख्नुपर्ने कुरामा विश्वास गर्छन् । ब्राजिलमा फुटबल विश्वकपअघि एकपटक यो विषयमा नयाँ चिराबाट बहस सुरु भएको छ। यो बहसको आगोमा म्याक्सिकोका प्रशिक्षक मिगुल हरेराले घ्यु थप्ने काम गरेको छ
सेक्सका कारण प्रदर्शनमा पर्ने प्रभावमाथिको सिद्धान्त पुरानो हो । यो सिद्धान्तलाई प्राचीन युनानीहरुसँग जोडेर हेर्ने गरिन्छ । जसअनुसार पुरुषको शुक्राणु सुरक्षित राख्नु महत्वपूर्ण मानिन्छ । जसबाट तिब्रता र आक्रमकता कायम रहने विश्वास गरिन्छ । यद्यपि यो प्रतिबन्धका विषयमा कुनै बैज्ञानिक प्रमाण भने कमै छ । सन् २०१३ मा मान्ट्रियाल युनिभर्सिटीको शोधका अनुसार सेक्सका क्रममा पुरुषले १०० क्यालोरी खर्च गर्ने गर्दछन् । जुन बगैंचामा २० मिनेट काम गर्नु बराबर हो । तर, कयौ खेलाडी र विज्ञहरुका अनुसार कुनै महत्वपूर्ण प्रतियोगिताअघिको रात आनन्दसँग बताउनु जरुरी छ । जसबाट राम्रो निद्रा लागोस् । यौन सम्पर्कबाट भन्दा प्रशिक्षकहरुलाई यो चिन्ताले सताउने गर्दछ कि खेलाडीहरु आफ्नो जवानीको महत्वपूर्ण समयको रातभर चल्ने समय चल्ने पार्टी र मदिरामा नलगाउन् ।
खेलाडीसँग सम्बन्धित रिपोर्ट असामान्य छैन, गत वर्ष ब्राजिलमा भएको कन्फेडरेशन कपमा स्पेनका खेलाडीको तस्वीर सेक्स वर्करका साथ सार्वजनिक भएको थियो । हरेरासँग स्पष्ट कारण छ कि उनी आफ्ना खेलाडीहरुलाई मोजमस्तीको प्रवत्तिमा बाँधेर राख्न सकियोस् । किनभने सेप्टेम्बर २०१० मा म्याक्सिकोको राष्ट्रिय टिमका दुई खेलाडीलाई निलम्बित गरिएको थियो । कयौ खेलाडीलाई जरिवाना गरिएको थियो । उनीहरुमाथि प्रतियोगितापछि भएको पार्टीमा अनुशासनहिनताको आरोप लागेको थियो । स्थानीय संचार माध्यमले आफ्नो रिपोर्टमा यो काण्डमा देहव्यापार गर्ने महिलासमेत संलग्न रहेको जनाएका थिए ।
जर्मनी र स्पेनसहित कैयौ युरोपियन टिममा प्रतियोगिताभन्दा पहिला पार्टनरसँग भेटघाटमाथि प्रतिबन्धको व्यवस्था छ। विदाका दिन मात्रै खेलाडीहरुले श्रीमती वा प्रेमिकासँग होटलमा गएर भेट गर्न सक्ने व्यवस्था छ ।
0 comments